आजको मौसम पहाडी र तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 18:36:48
  • शनिबार,बैशाख १९, २०८३
  • आजको मौसम पहाडी र तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    आजको मौसम पहाडी र तराई क्षेत्रमा मध्यम वर्षाको सम्भावना

    काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ।

    आज दिउँसो देशभर साधारणतया बदली रहनेज छ। देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ।

    आज राती देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।