कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह - Chaitanya News
  • 2026-11-12
  • 01:55:33
  • बुधबार,कार्तिक २६, २०८३
  • कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    कानुनी शासनको जगमा निकास निकाल्न मानव अधिकार आयोगको आग्रह

    काठमाडौ– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन प्रक्रियामा चासो र चिन्ता प्रकट गरेको छ।

    मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी ‘लोकतान्त्रिक मूल्यमान्यता र कानुनी शासनको जगमा निकास निकाल्न उचित हुने’ दृष्टिकोण अघि सारेको छ। आयोगले आफ्ना पदाधिकारीहरु राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको उल्लेख गरेको छ। गत सोमबार र मंगलबार भएको घटनामा सुरक्षाकर्मीहरुको व्यापक बल प्रयोगका कारण हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ। प्रदर्शनकारीहरुले व्यापक आगजनी गरेर सिंहदरबार, सर्वोच्च अदालत संघीय संसद जलाएका थिए।

    यस्ता घटनाको सुक्ष्म अध्ययन गर्न भने चुकेको भन्दै मानव अधिकार आयोग आलोचना भइरहेको छ।

    ‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ’ आयोगले विज्ञप्तिमा भनेको छ, ‘मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा राष्ट्रपतिसमक्ष आयोगले राखेको छ।’

    उसले मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक काम गर्ने भन्दै अहिलेको परिस्थितिका वारेमा अन्य सरोकारवालाहरुसँग पनि निरन्तर सम्पर्क भइरहेको जनाएको छ।