अपडेट: जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो - Chaitanya News
  • 2026-05-02
  • 18:35:07
  • शनिबार,बैशाख १९, २०८३
  • अपडेट: जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    अपडेट: जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

    काठमाडौं– जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए।

    जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ। तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

    पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो। कैदीमात्रै ९ जना मारिए।

    बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ।