पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं : रामकुमारी झाँक्री - Chaitanya News
  • 2026-06-25
  • 13:01:05
  • बिहिबार,आषाढ ११, २०८३
  • पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं : रामकुमारी झाँक्री

    पूर्व प्रधानमन्त्रीहरूलाई सक्रिय राजनीतिबाट बिदा दिऔं : रामकुमारी झाँक्री

    काठमाडौं– एकीकृत समाजवादीको नेतृ रामकुमारी झाँक्रीले पूर्व प्रधानमन्त्री सबैलाई सक्रिय राजनीतिबाट बिदा दिनुपर्ने बताएकी छन्।

    आज (बिहीबार) उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने माग समेत गरेकी छन्। राष्ट्रपति पौडेललाई नयाँ सरकार गठनमा भूमिका विहिन बनाइएको भन्दै आवाज उठ्न थालेको छ।

    झाँक्रीले राजनीतिक पार्टीहरूको व्यापक पुनर्गठनको आवश्यकता रहेको बताइन्। उनी भन्छिन्, ‘जेनजीका भ्रष्टाचार नियन्त्रण लगायतका उचित माग पुरा गरौं। सबै समस्याको समाधान चालु संविधानबाटै खोजौं।’