यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर - Chaitanya News
  • 2026-07-15
  • 04:57:29
  • मंगलबार,आषाढ ३०, २०८३
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ– आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ।

    यस्तै, आज पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

    अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११० रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ।

    यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा कायम भएको छ।

    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४३ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४८ पैसामा विनिमय हुनेछ।

    साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५ रुपैयाँ १० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०४ पैसा र बिक्रीदर २२ रुपैयाँ १४ पैसा तोकिएको छ।

    त्यस्तै, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ४२ पैसा, बहराइन दिनार एकको खरिददर ३७४ रुपैयाँ १० पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर ३६५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ९२ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।