जनार्दन शर्माले भने: ‘समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ’ - Chaitanya News
  • 2026-06-25
  • 12:59:35
  • बिहिबार,आषाढ ११, २०८३
  • जनार्दन शर्माले भने: ‘समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ’

    जनार्दन शर्माले भने: ‘समीक्षा गरिहाल्ने अवस्था नहोला, अब नयाँ ढंगले सोचौँ’

    काठमाडौँ– नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जेन जेडको आन्दोलनपछिको परिस्थितिमा नयाँ ढंगले सोच्नुपर्ने बताएका छन्।

    परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव नहुने उनको भनाइ छ।

    उनले भनेका छन्, ‘अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुँदैन। तसर्थ साथीहरू बिल्कुल नयाँ ढंगले सोचौँ।’