अनिश्चितकालका लागि बन्द भयो त्रिभुवन विमानस्थल - Chaitanya News
  • 2026-11-09
  • 09:58:47
  • सोमबार,कार्तिक २४, २०८३
  • अनिश्चितकालका लागि बन्द भयो त्रिभुवन विमानस्थल

    अनिश्चितकालका लागि बन्द भयो त्रिभुवन विमानस्थल

    काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चित कालीन बन्द भएको छ। हिजो (मंगलबार) बन्द गरिएको विमानस्थल खुल्ने निश्चित छैन।

    विषम परिस्थितिका कारण अनिश्चितकालका लागि बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयले एक सूचना जारी गर्दै विमानस्थल अर्को सूचना जारी नभएसम्म नखुल्ने स्पष्ट पारेको हो।

    यसअघि विमानस्थल आज १२ बजे खुल्ने गरी बन्द गरिएको थियो। आन्तरिक र बाह्य दुवै उडानहरू अहिले प्रभावित बनेका छन्।