डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी - Chaitanya News
  • 2026-11-09
  • 09:58:50
  • सोमबार,कार्तिक २४, २०८३
  • डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

    डिल्लीबजार कारागारमा आगजनी, कैदीबन्दीलाई सार्ने तयारी

    काठमाडौं– डिल्लीबजार कारागारमा कैदीबन्दीहरुले आगजनी गरेका छन्।

    कैदीबन्दीहरुले आफूहरु पनि बाहिर निस्क्न पाउनुपर्ने भन्दै आगजनी गरेका हुन्।

    कारागारमा आगजनी भएकाले कैदीबन्दीहरुलाई स्थानान्तरण गर्ने तयारी गरिएको अर्यालले बताए।

    अहिले कारागारमा आगोको मुस्लो आइरहेको कारागार प्रशासक बाबुराम अर्यालले जानकारी दिए।

    कैदीबन्दी आगजनी र तोडफोडमा उत्रिएपछि अहिले कारागारको सुरक्षा सेनाले गरेको छ।