काठमाडौँ– जेन जेड आन्दोलनका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले आन्दोलनलाई शान्तिपूर्ण, अनुशासित र अहिंसात्मक ढङ्गले अघि बढाउन सम्पूर्ण सहभागीहरूलाई आह्वान गरेका छन्।
हिजो (मंगलबार) जारी विज्ञप्तिमा यादवले आन्दोलनको नाममा भइरहेको लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै हालतमा स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले केही तत्त्वहरूले आन्दोलनलाई असफल बनाउन यस्ता गतिविधि गरिरहेको भन्दै सचेत रहन आग्रह गरे।
विज्ञप्तिमा भनिएको छ, “हामी अहिले हाम्रो उद्देश्य नयाँ नेपाल निर्माणको नजिक पुगेका छौँ। तर, प्राप्त सूचनाअनुसार अझै पनि केही तत्त्वहरूले हाम्रो आन्दोलनको नाममा लुटपाट गर्ने, सार्वजनिक सम्पत्ति नष्ट गर्ने, र यसलाई असफल बनाउन खोज्ने प्रयास गरिरहेका छन् भन्ने बुझिन आएको छ।”
यादवले भोलि बुधबार सम्बन्धित पक्षहरूसँग वार्तामा प्रवेश गर्ने तयारी भएको समेत जानकारी दिँदै सहभागीहरूलाई संयमता अपनाउन अनुरोध गरेका छन्।
![]()