डा. सन्दुक रुइतको अपिल: सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं - Chaitanya News
  • 2026-11-09
  • 13:19:30
  • सोमबार,कार्तिक २४, २०८३
  • डा. सन्दुक रुइतको अपिल: सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं

    डा. सन्दुक रुइतको अपिल: सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं

    काठमाडौं– वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।

    आज (मंगलबार) उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।

    डा. रुइतले भने,ुसार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।

    उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।