राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा - Chaitanya News
  • 2026-05-10
  • 09:17:15
  • आइतबार,बैशाख २७, २०८३
  • राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा

    राज्यका ३ वटै अङ्ग आन्दोलनकारीको नियन्त्रणमा

    काठमाडौँ– हिजो (सोमबार)बाट सुरु भएको जेनजी आन्दोलनकारीले राज्यका प्रमुख तीन वटै अङ्ग नियन्त्रणमा लिएका छन्।

    व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका आन्दोलनकारीले नियन्त्रणमा लिएका हुन्। उनीहरुले तीन वटै निकायका मुख्य भवनहरूमा आगजनी र तोडफोड गरेका छन्।

    सुरक्षा निकाय, प्रशासनिक निकायका सबै प्रमुखहरूले स्थिति आफ्नो नियन्त्रणमा नरहेको भन्दै संयुक्त विज्ञप्ति जारी गर्दै स्थितिको समाधानका लागि मंगलबार अपिल गरिसकेका छन्।