जेनजी प्रदर्शनकारीले लगाए ओली निवासमा आगो - Chaitanya News
  • 2026-06-25
  • 13:02:32
  • बिहिबार,आषाढ ११, २०८३
  • जेनजी प्रदर्शनकारीले लगाए ओली निवासमा आगो

    जेनजी प्रदर्शनकारीले लगाए ओली निवासमा आगो

    काठमाडौं– बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ। जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले ओली निवासमा आगजनी गरेका हुन्।

    सोमबार भएको जेनजी प्रदर्शनका क्रममा १९ जनाले ज्यान गुमाएका थिए।

     

    आज बिहानैबाट प्रदर्शन थप चर्को बन्दै गएको छ ।

    अहिले प्रदर्शनकारीहरूले शीर्ष नेताका निवास र पार्टी कार्यालयहरू तोडफोड गरिरहेका छन् ।