सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ? - Chaitanya News
  • 2026-08-01
  • 04:53:11
  • शुक्रबार,साउन १५, २०८३
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आज कारोबार ?

    सुनचाँदीको मूल्य स्थिर, कतिमा  हुँदैछ  आज कारोबार  ?

    काठमाडौं- नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा आइतबारको मूल्यमा नै कारोबार भइरहेको छ ।

    आइतबार छापावाल सुन १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।