कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि जेनजीहरुको प्रदर्शन - Chaitanya News
  • 2026-05-10
  • 10:16:43
  • आइतबार,बैशाख २७, २०८३
  • कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि जेनजीहरुको प्रदर्शन

    कर्फ्यु अवज्ञा गर्दै संसद भवन अगाडि जेनजीहरुको प्रदर्शन

    काठमाडौं– नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज (मंगलबार) बिहानैदेखि प्रदर्शन सुरु गरेका छन्। उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन्।

    हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन्।

    बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ। उनीहरुले तारबार व्यवस्थित गर्ने काममा व्यस्त देखिन्छन्।

    हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए। आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन्।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ। तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन्।