युएस ओपनको उपाधि कार्लोस अल्कारेजले जिते - Chaitanya News
  • 2026-06-05
  • 21:49:48
  • शुक्रबार,जेठ २२, २०८३
  • युएस ओपनको उपाधि कार्लोस अल्कारेजले जिते

    युएस ओपनको उपाधि कार्लोस अल्कारेजले जिते

    काठमाडौँ– स्पेनका कार्लोस अल्कारेजले युएस ओपनमा पुरुष एकलतर्फको उपाधि जितेका छन्।

    आज (सोमबार) बिहान भएको अमेरिकाको न्युयोर्कमा सम्पन्न वर्षको अन्तिम ग्राण्डस्लाम टेनिसको फाइनलमा इटालीका यानिक सिनरलाई ३–१ को सेटमा हराउँदै अल्काराजले उपाधि जितेका हुन्।

    पहिलो सेट ६–२ ले आफ्नो पक्षमा पारेका उनले दोस्रो सेट भने ३–६ ले सिनरलाई सुम्पिएका थिए। तर सो पछिका दुई सेट ६–१ र ६–४ ले जित्दै युएस ओपनको उपाधिमा आफ्नो नाम लेखाए।

    २२ वर्षे अल्कारेजको यो दोस्रो युएस उपाधि हो भने छैठौँ ग्राण्डस्लाम उपाधि हो। महिलातर्फको उपाधि भने बेलारूसकी एरिना सबलेन्काले जितेकी थिइन्।