ट्विटरले सरकारसँग दर्ता प्रक्रियाबारे जानकारी माग्यो, फेसबुक किन मौन ? - Chaitanya News
  • 2026-07-15
  • 04:57:15
  • मंगलबार,आषाढ ३०, २०८३
  • ट्विटरले सरकारसँग दर्ता प्रक्रियाबारे जानकारी माग्यो, फेसबुक किन मौन ?

    ट्विटरले सरकारसँग दर्ता प्रक्रियाबारे जानकारी माग्यो, फेसबुक किन मौन ?

    काठमाडौँ– सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ। ट्विटरको सिंगापुरस्थित कार्यालयबाट इमेल प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए।

    सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको र इमेल प्राप्त हुनासाथ जवाफ पठाइसकिएको ठाकुरले बताए।

    उनले भने, ‘हामीले आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेका छौँ’। डकुमेन्ट प्राप्त भए लगत्तै आफूहरूले तत्काल सूचीकरण गर्ने उनको भनाइ छ। फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले जानकारी दिए।