एभरेस्ट महिला भलिबल लिग: आज पोखरा र कर्णाली भिड्दै - Chaitanya News
  • 2026-09-27
  • 19:35:33
  • आइतबार,आश्विन ११, २०८३
  • एभरेस्ट महिला भलिबल लिग: आज पोखरा र कर्णाली भिड्दै

    एभरेस्ट महिला भलिबल लिग: आज पोखरा र कर्णाली भिड्दै

    काठमाडौँ– आज (शुक्रबार) देखि वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करण पोखरामा सुरु हुँदैछ।

    इन्फिनिटी ड्रिम्सको आयोजनामा गत वर्ष देखि सुरु भएको लिग पहिलो पटक काठमाडौँ बाहिर पोखरामा हुन लागेको हो। पहिलो संस्करणको विजेता कर्णाली यशविस र पोखरा निन्जाज उद्घाटन खेलमा भिड्नेछन्। उद्घाटन खेल दिउँसो २ बजे पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु हुनेछ।

    आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल अपरान्ह ४ बजे सुरु हुनेछ। कर्णाली र पोखरा दुवै टिम उद्घाटन खेलका लागि तयार छन्। दुवै टिममा घरेलु भलिबलको सफल टोली न्यु डायमण्ड युथ स्पोट्र्स क्लबमा खेलिरहेका सुमित्रा र प्रगति मार्की छन्।