रगतले कोरिएका सीमाभन्दा माथि:मानवताको विजय    - Chaitanya News
  • 2026-04-30
  • 18:55:24
  • बिहिबार,बैशाख १७, २०८३
  • रगतले कोरिएका सीमाभन्दा माथि:मानवताको विजय   

    रगतले कोरिएका सीमाभन्दा माथि:मानवताको विजय   

    तोमनाथ उप्रेती:

    उपसचिव, नेपाल सरकार:

    रगतले कोरिएका सीमाहरू—जसलाई हामी राष्ट्र, जाति, भाषा, धर्म वा क्षेत्रीय भिन्नताहरू भनी चिन्तछौं—मानव समाजको एउटा वास्तविकता हुन्। यी सीमाहरूले कहिलेकाहीं हामीलाई छुट्याउँछन्, फरक पर्छन् र कहिलेकाहीं विभाजनको कारण पनि बन्छन्। तर जब हामी यी सीमाभन्दा माथि उठेर मानवता र मानव अधिकारको पक्षमा उभिन्छौं, तब हामी साँच्चिकै समृद्ध र दिगो समाज निर्माण गर्न सक्छौं।

    मानवता भनेको कुनै एक समूह, जाति वा राष्ट्रको मात्र नभई सम्पूर्ण मानवजातीको कल्याण, सम्मान र स्वतन्त्रताको पक्षमा दृढ अडान हो। रगतले कोरिएका सीमाहरूलाई स्वीकार गरेर मात्र हामीले हाम्रो सांस्कृतिक पहिचान र विविधतालाई सम्मान गर्न सक्छौं, तर यी सीमाहरूले कहिल्यै पनि मानवताको मूल्य र अधिकारलाई न्यून आँक्नु हुँदैन। यदि हामी आफ्नो भौगोलिक वा सांस्कृतिक सीमाभन्दा माथि उठेर समग्र मानवताको पक्षमा काम गर्छौं भने, विश्वमा शान्ति, सहिष्णुता र सद्भाव कायम गर्न सम्भव हुन्छ।

    इतिहासले देखाएको छ कि सीमाहरूका कारण युद्ध, द्वेष र विभाजन उत्पन्न भएका छन् जसले लाखौं मानिसको जीवनलाई क्षति पुर्याएका छन्। तर मानवताका मूल्यहरूलाई प्राथमिकता दिन सकिने हो भने, हामीले एकअर्कामा प्रेम, सहकार्य र समझदारी बढाउन सक्छौं। अन्तर्राष्ट्रिय समुदाय, मानव अधिकार संस्थाहरू र आम नागरिकले यही सोचलाई अघि बढाएर विभाजनका तस्विरहरूलाई टाढा राख्नु आवश्यक छ।

    विश्वभरका धेरै समस्या र द्वन्द्वको जरा भौतिक रगतले कोरिएका सीमामा छ। राष्ट्र, जाति, भाषा, धर्म र क्षेत्रीय भेदले मानवीय सम्बन्धहरूलाई कमजोर पार्दै छन्। यस्ता सीमाले हाम्रो सोच र व्यवहारलाई विभाजित गरी द्वेष र हिंसाको वातावरण सिर्जना गर्छ। तर मानव जगतले यस्ता सीमाभन्दा माथि उठ्न सक्नु पर्दछ। यसले सबै मानवलाई एउटै साझा परिवारका सदस्यको रूपमा हेर्न सिकाउनुपर्छ, जहाँ प्रेम, सहिष्णुता र सहकार्यको बलले राष्ट्र, जाति र भाषा भेदलाई पन्छाउने हो।

    मानवता त्यहीँ बलियो हुन्छ जब हामी भौतिक सीमाहरूको झुठो प्रहारलाई छोडेर आन्तरिक सद्भाव, नैतिकता र सह-अस्तित्वको मार्ग अपनाउँछौं। विश्वशान्ति, सामाजिक न्याय र समृद्धिको लागि सबैले साझा मानवीय मूल्यलाई प्राथमिकता दिनुपर्ने हुन्छ। यसले जातीय, धार्मिक र राष्ट्रिय भेदभावलाई कम गरी अन्तरराष्ट्रिय मेलमिलाप र सहयोगलाई बढावा दिन्छ।

    विश्वका अधिकांश द्वन्द्व, कलह र विभाजनको मूल कारण भौतिक रगतले कोरिएका सीमाहरू हुन् — राष्ट्र, जाति, धर्म, भाषा र क्षेत्रीय भेद। यस्ता सीमाले हामीलाई एकअर्काबाट अलग राख्ने, द्वेष र असहिष्णुता बढाउने मुख्य कारण बनेका छन्। तर, भौतिक सीमाले मात्र होइन, चेतनाका सीमाहरूलाई पनि भत्काउन आवश्यक छ। चेतनाका सीमाहरू भनेको हाम्रो सोचाइ, दृष्टिकोण र अन्तरदृष्टिलाई बाँध्ने मानसिक बन्धनहरू हुन्, जसले हामीलाई साझा मानवता भन्दा माथि उठ्नबाट रोक्छन्।

    हामीले यी भौतिक र मानसिक सीमाहरूबाट माथि उठेर ‘मानवता’ को मूल भाव बुझ्न जरुरी छ — जहाँ सबै मानिसलाई समान अधिकार, सम्मान र दया प्राप्त होस्। राष्ट्रियता वा जातीयता भन्दा अघि हामी सबै मानव हुनुपर्ने तथ्यलाई आत्मसात गर्नुपर्छ। जब चेतनाका सीमाहरू भत्कन्छन्, तब मात्र हामी आपसी सहिष्णुता, प्रेम र एकता निर्माण गर्न सक्छौं। यसले विश्व शान्ति र सामाजिक समृद्धिका मार्ग खोल्छ।

    नयाँ युगको मानवता निर्माणको लागि शिक्षा, संस्कार, सहकार्य र संवादलाई प्राथमिकता दिनुपर्छ। सबै संस्कृतिको सम्मान गर्दै साझा मानवीय मूल्यहरूलाई जीवनमा उतार्नुपर्छ। यस्तो मानवता नै दीर्घकालीन शान्ति, न्याय र विकासको आधार हुनेछ। यो युगले हामीलाई भौतिक सीमाहरूको परिधिमा सीमित नरहने, बरु चेतनाको विस्तृत क्षितिजमा सोच्ने अवसर दिन्छ।यसरी हामीले रगतले कोरिएका सीमाहरू मात्र होइन, चेतनाका सीमाहरू पनि भत्काएर एकता र मानवता परिपूर्ण विश्वको सपना पूरा गर्न सक्नेछौं। यस्तो चेतनाले मात्र मानव समाजलाई अझ उच्च स्तरमा पुर्याउन सक्छ।जहाँ सबैलाई समान अधिकार, सम्मान र स्वाभिमान मिलोस्। यस्तो मानवता मात्र दीर्घकालीन शान्ति र प्रगतिको आधार हुनसक्छ।

    यो विश्व ब्रम्हाण्डमा भएका हामी सबै साथसाथै हाँस्न खेल्न र रमाउन सक्नुपर्दछ । सबैलाई आफ्नै जस्तो देख्न सक्नुपर्दछ । एकले अर्कामा द्वेषको भाव नराखी साथ साथै सहकार्य गर्नुपर्दछ भनी हाम्रा महर्षिले उपदेश दिएका छन् । आपसमा मित्रताको भावले मात्र आफ्नो र यो संसारको उन्नती र कल्याण हुन सक्छ ।संसारमा ममत्वको वरण भनेको अहंकारको प्रदर्शन हो । जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले त उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै सबैका बन्धु समान हुन् । कोही आफ्नो र कोही परका छैनन् । सबैलाई समान व्यवहार गर्नुपर्दछ । जसले सबै समान हुन् भन्ने उदार चित्तको प्रदर्शन गर्न सक्छन् ती व्यक्ति नै महान् हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन तबसम्म यो संसारमा अस्थिरता रहिरहन्छ । हत्यासिंहा जस्ता कार्य चलिरहन्छन् ।

    यो संसारमा कसैको निजी केही पनि छैन । आफ्नो हो भन्नु केवल भ्रम मात्र हो । किनिक न हामीले चाहेर हामी जन्मेका छौँ नत मृत्यु नै हाम्रा हातमा छ । यसैले वास्तविकता हाम्रो वसमा छैन । यसैले सर्वत्र समभावको जागृति हुनपर्दछ । मित्रताको भाव रहनुपर्दछ । बन्धुत्वको सहकार्यले नै हाम्रो कल्याण रहने कुरा नै वास्तवमा हाम्रो मार्गदर्शक हुनु आवश्यक छ ।

    सार्थक जीवनका निम्ति विश्वबन्धुत्वको भावना आवश्यक छ । किनकि हामी सबै एक आपसमा समान छौँ । हाम्रा कोही पनि शत्रु छैनन् । हामी सबैको अस्तित्व समान छ । हाम्रो जीवनको उद्देश्य र गन्तव्य समान छ ।यसैले आपसमा द्वेषको भावना राख्नु आफैँलाई कमजोर तुल्याउनु हो, आफ्नै विनाशको बाटो खन्नु हो । जसरी दुर्योधन आफ्नै जालोमा फसे । यसैले असल जीवनयापनका सूत्र हामीलाई हाम्रा ऋषिले प्रदान गरेका छन् । बुद्ध र जनक हाम्रा अग्रज हुन् । हामी आफ्नै दर्शमा उभिएका छौँ । अथक तपस्या गरेर हाम्रा ऋषिमुनिहरूले दिएका ज्ञान ओखती समान छन् । यसैले सर्वकल्याणका निम्ति विशवबन्धुत्वको भावना सर्वत्र जागृत हुनु आवश्यक छ ।

    उपनिषदमा सहकार्य र समाज बीचको गहिरो सम्बन्धको महत्वको कुरा गरिएको छ। यसमा सबै जीवनलाई एक अर्कासँग जोडीएको र परस्पर निर्भर रहेको मानिन्छ । जसले सबै जीवात्मालाई एकसूत्रमा जोड्छ। कुनै पनि प्रगति र उन्नति एकल प्रयासबाट सम्भव हुँदैन । यो परस्पर सहयोग र सहकार्यबाट सम्भव हुन्छ। जब मानिसहरू एकअर्कासँग मिलेर काम गर्दछन्, तब उनीहरूले जीवनको साँचो अर्थ र उद्देश्यलाई महसुस गर्छन्, जसले समग्र समाजलाई शान्ति र समृद्धि प्रदान गर्दछ ।  अन्ततः, उपनिषदमा भनिएको छ कि जब हामी सानो चित्तको मानसिकता परित्याग गरी उदार हृदय र सहकार्यको भावलाई आत्मसात गर्छौं तब मात्रै हामी जीवनको महत्व वोध गर्न सक्छौ ।

    भौगोलिक सीमाले भौतिक रूपमा देशलाई छुट्याउन सक्छ, तर मानिसको मन र भावना यस्ता सीमाभन्दा ठूलो र व्यापक हुनुपर्छ। सीमारेखा राजनीतिक, सांस्कृतिक र आर्थिक लाभका लागि बनाइन्छन्, तर यिनले कहिलेकाहीं द्वन्द्व, विभाजन र द्वैतभाव जन्माउँछन् जसले मानवता र शान्तिलाई चोट पुर्याउँछ।

    मानवताको साझा मूल्यहरू, प्रेम, सहिष्णुता, सद्भाव र न्याय सबै सीमाहरूभन्दा माथि हुन्छन्। विश्वमा भइरहेका विभिन्न समस्याहरू जस्तै जातीय द्वन्द्व, धार्मिक झगडा, सीमा विवाद र युद्धले देखाउँछन् कि सीमारेखाले मानिसहरूलाई बाँध्न सक्दैन, बरु यसले विघटन र असमानता ल्याउँछ। यसैले भौतिक सीमारेखालाई मात्र नभई मनोवैज्ञानिक, सांस्कृतिक र सामाजिक सीमाहरूलाई पनि हटाउँदै मानवता र समृद्धिको नयाँ युग स्थापना गर्नुपर्छ।

    विश्वव्यापी शान्ति र सहकार्यका लागि राष्ट्रिय सीमाभन्दा माथि उठेर सबै मानवलाई समान दृष्टिले हेर्ने चेतना विकास गर्न जरुरी छ। यस्तो दृष्टिकोणले मात्र मानवीय मूल्यहरूको संरक्षण र विश्वकै समृद्धि सम्भव हुनेछ। अतः मानव जगतले सीमाभन्दा माथि उठेर एक साझा भविष्यको निर्माण गर्नुपर्दछ।

    जबसम्म हामी मेरोको भावनाबाट माथि उठ्न सक्दैनौँ तबसम्म हाम्रो कल्याण असम्भव छ । त्यसैले उपनिषद्ले वसुधैव कुटुम्बकम्को व्यवहार गर्नुपर्दछ भनी आदेश गरेका छन् । पृथ्वीका सबै मानिसहरू बन्धु समान हुन्, कोही आफ्नो र कोही परका हुँदैनन् । सबैलाई समान व्यवहार गर्नुपर्छ । जसले सबैलाई समान ठान्छन्, उनीहरू नै साँच्चिकै महान् व्यक्ति हुन् । जबसम्म यस्तो ज्ञान प्राप्त हुँदैन, तबसम्म जीवनको वास्तविक लक्ष्य—सर्वकल्याण—सम्भव हुँदैन । सर्वप्रथम विनयभाव हुनु आवश्यक छ, किनभने स्वार्थ र अहंकारले विभाजन र द्वेष उत्पन्न गर्छ ।

    भौतिक नक्साले कोरिएका सीमारेखाभन्दा मानवता माथि उठ्न सक्नुपर्छ । किनभने भौतिक सीमा बनाउनु भनेको विभेदको पर्खाल खडा गर्नु हो, जसले अशान्तिको बीउ रोप्छ । यो पृथ्वी न कसैको हो न स्थायी रुपमा कुनैको हुनेछ, यो सबैको साझा हो । भौतिक दुःख क्षणिक भए पनि अध्यात्मिक सुख अनन्त र स्थायी हुन्छ । त्यसैले अनन्त सुख प्राप्तिका लागि वसुधैव कुटुम्बकम्को भावना हामीमा बस्नुपर्दछ ।

    मानवले पृथ्वीमा नेतृत्व गर्दै सबै जीव, बनस्पति, जलचर र थलचरको अस्तित्व संरक्षण गर्दै अगाडि बढ्नुपर्छ । विज्ञानको उपयोग मानवहितमा हुनुपर्छ र यसको दुरुपयोग हुँदैन । अन्तराष्ट्रिय संघ संस्था र महाशक्ति राष्ट्रहरूले पृथ्वीलाई संरक्षण गर्न विवेकशील नियम लागू गरी सबै संकटमाथि विजय हासिल गर्न विश्व एकजुट हुनुपर्दछ र वसुधैव कुटुम्बकम् आत्मसात गर्नुपर्दछ ।

    नेपालजस्तो बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा यो कुरा अझ महत्वपूर्ण हुन्छ। यहाँका विभिन्न जाति, धर्म र समुदायबीच सहअस्तित्व र सहिष्णुता कायम गर्दै हामीले मात्र समृद्धि र शान्ति प्राप्त गर्न सक्छौं। रगतले होइन, मानवताको मूल्यले हामीलाई एकतामा बाँध्छ।

    अन्ततः, रगतले कोरिएका सीमाभन्दा माथि उठ्नु भनेको एक नयाँ युगको शुरुआत हो, जहाँ सबै मानवले समान अधिकार, सम्मान र अवसर पाउँछन्। यसले मात्र हामीले विश्वमा शान्ति, न्याय र समृद्धिको वास्तविक सपना पूरा गर्न सक्छौं। मानवताको विजयले विभाजनका दु:खहरू समाप्त गरिदिन्छ र सबैलाई एक आपसमा जोड्ने पुल निर्माण गर्छ। यसै सोचबाट मात्र हाम्रो सामाजिक एकता र राष्ट्रिय विकास सम्भव छ।

    भौतिक रगतले कोरिएका सीमारेखाभन्दा मानव जगत अझैमाथि उठ्न सक्नुपर्दछ । किनकि भौतिक सीमा कोर्नु भनेको विभेदको पर्खाल खडा गर्नु अझ भनौँ अशान्तिको बिउ रोप्नु हो । यो धराधाम हिजो न कसैको थियो, न आज कसैको छ र न भोलि कसैको हुनेछ । यो सबैको हो । मेरो वा हाम्रो भन्नु दुःखको कारण हो । संसारमा युद्धका विभीषिका यही अहंभावका कारण छेडिएका छन् । महाभारत, युद्ध यसैका ज्वलन्त उदाहरण हुन् । विश्वयुद्ध यही अहंकारले मच्चिएका थिए । यसैले अहंकारलाई त्यागी सुख र शान्तिको कामना गर्नेले विश्वबन्धुत्वको भावना राख्न सक्नुपर्दछ ।यसबाटमात्रै विश्व कल्याण हुनसक्ने देखिन्छ ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)