कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त - Chaitanya News
  • 2026-04-30
  • 11:18:04
  • बिहिबार,बैशाख १७, २०८३
  • कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

    कृषि विकास बैंकको अध्यक्षमा रमेश दुवाडी नियुक्त

    काठमाडौँ — कृषि विकास बैंकको संचालक समितिले अध्यक्ष पदमा रमेश दुवाडीलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष दुवाडीसँग विभिन्न संघ–संस्थाको संचालक समितिमा सदस्य रही कार्य गरेको अनुभव छ।

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त बैंक अध्यक्षले राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीबाट सपथ ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, बैंक नियमन विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंकका बोर्ड सचिव मुक्तिप्रसाद सापकोटा लगायतको उपस्थिति थियो।