सेयर बजार २७ अंकले घट्यो, कतिमा हुँदैछ तकारोबार? - Chaitanya News
  • 2026-04-30
  • 11:18:03
  • बिहिबार,बैशाख १७, २०८३
  • सेयर बजार २७ अंकले घट्यो, कतिमा हुँदैछ तकारोबार?

    सेयर बजार २७ अंकले घट्यो, कतिमा हुँदैछ तकारोबार?

    काठमाडौं– सेयर बजार परिसूचक नेप्से थप २७ अंकले घट्दै १८ सय ५५ अंकमा ओर्लिएको छ। लगातार घट्दो क्रममा रहेको सेयर बजारमा यस साताको पहिलो कारोबार दिन नै २७.५४ अंकले घट्दै १८ सय ५५.०६ अंकमा झरेको हो।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ। सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक आज २.८८ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.०४ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह २.०६ प्रतिशतले र अन्य समूहको उपसूचक २.१९ प्रतिशतले घटेको छ।

    यस्तै बैंकिङ समूहको उपसूचक १.५२ प्रतिशतले, माइक्रोफाइनान्स समूह १.३१ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचक १ प्रतिशत कमले घटेका छन्।
    बजारमा आज १ अर्ब १५ करोड ७१ लाख रुपैयाँ बराबरको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर किनबेच भएको छ।

    आज सबैभन्दा बढी कृषि विकास बैंकको ६ करोड २५ लाख ११ हजार ४३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने सबैभन्दा बढी इस्टर्न हाइड्रोपावर लिमिटेडका सेयरधनीले ९.९९ प्रतिशतले कमाएका छन्।