काठमाडौँ– बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ।
यस्तै, महाशाखाका अनुसार, आज दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ।
यसैगरी , आज राति देशभर आंशिकदेखि साधरणतया बदली हुनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
वर्षाका पहिरो तथा गेग्रान बहाव९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।