आज काठमाडौँमा बिहानैदेखि झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 19:36:47
  • शनिबार,बैशाख १९, २०८३
  • आज काठमाडौँमा बिहानैदेखि झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    आज काठमाडौँमा बिहानैदेखि झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ– काठमाडौँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । भने देशका केही स्थानमा आज वर्षाको सम्भावना छ। केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाउँदै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

    यस्तै, आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ। देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्व तयारी गर्न अनुरोध गरेको छ।