आज गणेश चतुर्थी पर्व मनाइँदै - Chaitanya News
  • 2026-05-25
  • 03:32:38
  • आइतबार,जेठ १०, २०८३
  • आज गणेश चतुर्थी पर्व मनाइँदै

    आज गणेश चतुर्थी पर्व मनाइँदै

    काठमाडौं– प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने ‘गणेश चतुर्थी’ पर्व आज मनाइँदै छ। यसै अवसरमा गणेश मन्दिरहरुमा पूजा गर्नेहरुकोचहलपहल छ।

    आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायकसहित काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पनि भक्तजनहरु पुगेका छन्।

    सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको विश्वास गरिन्छ। भाद्र शुक्ल तृतीया (तीज)का दिन सुखद् दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्नबाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने चलन छ।