साफ यु–१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग खेल्दै नेपाल - Chaitanya News
  • 2026-09-27
  • 19:35:32
  • आइतबार,आश्विन ११, २०८३
  • साफ यु–१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग खेल्दै नेपाल

    साफ यु–१७ महिला च्याम्पियनसिपमा आज बंगलादेशसँग खेल्दै नेपाल

    काठमाडौँ– भुटानमा जारी साफ यु–१७ महिला च्याम्पियनसिप नेपाल आज आफ्नो चौथो खेल बंगलादेशसँग खेल्दै छ।

    खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ। यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३–० गोलले पराजित भएको थियो।

    नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ। समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ। भारत नौ अंकसहित शीर्ष स्थानमा छ।

    यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो। यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन्। नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भुटानसँग खेल्ने छ।