प्रतिस्पर्धा वा प्रेरणा?  एक प्रेरक दृष्टिकोण - Chaitanya News
  • 2026-05-24
  • 22:56:51
  • आइतबार,जेठ १०, २०८३
  • प्रतिस्पर्धा वा प्रेरणा?  एक प्रेरक दृष्टिकोण

    प्रतिस्पर्धा वा प्रेरणा?  एक प्रेरक दृष्टिकोण

    लेखकिय मन्तव्यः 
    आजको युगलाई धेरैले प्रतिस्पर्धाको युग भन्छन्। तर के प्रतिस्पर्धा वास्तवमै तनाव, भय र निराशाको कारक हो? वा यो आत्म-विकास, उद्देश्य र प्रेरणाको बाटो पनि हुन सक्छ? जब हामी प्रतिस्पर्धालाई बाह्य लडाइँको रूपमा होइन, आन्तरिक शुद्धिकरणको यात्राको रूपमा बुझ्न थाल्छौं, तब मात्र यसको वास्तविक सौन्दर्य र उद्देश्य प्रकट हुन्छ।
    १. आध्यात्मिक दृष्टिकोण: प्रतिस्पर्धा आत्म-प्रकाशको मार्ग
    भगवद्गीतामा भगवान श्रीकृष्ण अर्जुनलाई सम्झाउँछन्:
    “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”
    (तिम्रो अधिकार कर्ममा हो, फलमा होइन।)
    यो भनाइले के देखाउँछ भने प्रतिस्पर्धा कुनै लक्ष्य जित्नको लागि होइन, आफ्नो कर्तव्य र क्षमता प्रदर्शनको लागि हो।
    गौतम बुद्ध पनि भन्छन्:
    “आफै माथि विजय प्राप्त गर्नु, अरू माथि विजय प्राप्त गर्नुभन्दा ठूलो हो।”
    (He who conquers himself is mightier than he who conquers others.)
    त्यसैले प्रतिस्पर्धा बाह्य होइन, आध्यात्मिक आत्म-युद्ध हो — जुन स्वयंमाथि विजय प्राप्त गर्ने प्रयास हो।
    २. व्यवस्थापकीय दृष्टिकोण: सहकार्य र समन्वयात्मक प्रतिस्पर्धा
    Peter Drucker, व्यवस्थापनका पिता, भन्छन्:
    “The best way to predict the future is to create it.”
    व्यवस्थापन विज्ञानले प्रतिस्पर्धालाई एक सृजनशील दबाबका रूपमा लिन्छ—जहाँ हामी व्यक्तिगत वा संस्थागत स्तरमा निरन्तर नवीकरण र सुधारतर्फ प्रेरित हुन्छौं।
    आजको व्यवस्थापनले “Co-opetition” (Cooperation + Competition) लाई बढावा दिन्छ — जहाँ प्रतिस्पर्धा र सहकार्य दुवै सँगै चल्छन्।
    उदाहरणका लागि:
    •Google र Samsung को प्रतिस्पर्धा छ, तर Android OS मा सहकार्य पनि छ।
    ३. वैज्ञानिक दृष्टिकोण: प्रतिस्पर्धा विकासको उत्प्रेरक
    Charles Darwin को ‘Theory of Evolution’ ले भन्छ:
    “Survival of the fittest.”
    (योग्य नै टिक्छ।)
    तर यो योग्यता केवल शारीरिक होइन, मानसिक, बौद्धिक र अनुकूलनशील हुनुपर्छ। प्रतिस्पर्धाले हामीलाई सामर्थ्यको चरम प्रयोग गर्न बाध्य बनाउँछ।
    Albert Einstein ले भनेका छन्:
    “In the middle of difficulty lies opportunity.”
    प्रतिस्पर्धा त्यही अवसर हो — जुन चुनौतीको रूप लिएर आउँछ।
    ४. व्यावसायिक दृष्टिकोण: प्रतिस्पर्धाबाट नवप्रवर्तन (Innovation) को जन्म
    Steve Jobs ले भनेका छन्:
    “Innovation distinguishes between a leader and a follower.”
    उद्योग–व्यवसायमा प्रतिस्पर्धा नै गुणस्तर, सेवा, नवप्रवर्तन र ग्राहक–केन्द्रित दृष्टिकोणको आधार हो।
    उदाहरणका लागि:
    •Tesla ले पारम्परिक गाडी उद्योगसँग प्रतिस्पर्धा गर्दै इलेक्ट्रिक गाडीको नेतृत्व गर्‍यो।
    •Amazon ले पुस्तक बेच्ने व्यवसायबाट सुरु गरेर आज विश्वकै ठूलो इ–कमर्स प्लेटफर्म बन्यो: प्रतिस्पर्धात्मक नवप्रवर्तनकै कारणले यो सम्भव भयो।
    ५. सामाजिक दृष्टिकोण: सोचले जीवन बन्छ
    Napoleon Hill भन्छन्:
    “Whatever the mind can conceive and believe, it can achieve.”
    Paulo Coelho को ‘The Alchemist’ मा लेखिएको छ:
    “When you want something, all the universe conspires in helping you to achieve it.”
    जब सोच सकारात्मक हुन्छ, प्रतिस्पर्धा डर होइन, सपना पूरा गर्ने शक्तिशाली उपकरण बन्दछ।
    ६. नेपाली सन्दर्भमा: अवसर छैन भन्ने गुनासो — या चुनौतिको अवसर?
    हामी प्रायः भन्छौँ — “नेपालमा अवसर छैन।”
    तर वास्तविकता के हो?
    – वर्षेनि हजारौं सरकारी, गैरसरकारी, प्राविधिक र उद्यमशील क्षेत्रले अवसर खोलिरहेका छन्।
     – चुनौती यही हो कि हामी त्यो अवसरको लायक बन्ने प्रतिस्पर्धामा कति तयार छौं? सपना हासिल गर्न कति समर्पित छौ?
    –हामी विदेश गएपछि १८ घण्टा काम गर्न सक्छौं भने — नेपालमै ४ घण्टा गुणस्तरीय मिहिनेत किन गर्न सकिंदैन?
    ७. प्रतिस्पर्धा: आत्म–विकासको अभ्यासशाला
    प्रतिस्पर्धा भनेको: 
    •दायित्वप्रतिको  उत्तरदायित्व हो ।
    •सपना साकार पार्ने आत्म–संकल्प हो।
    •असफलतालाई प्रेरणामा रूपान्तरण गर्ने शक्ति हो ।
    सफलता होस् वा असफलता — दुवैले महत्वपूर्ण सन्देश दिन्छन्:
    – सफलता भन्छ – मिहिनेत काम लाग्छ।
    – असफलता भन्छ – अझ मिहिनेत गर।
    निष्कर्ष: प्रतिस्पर्धा प्रेरक हो, प्रतिद्वन्द्वी होइन
    तपाईका प्रतिस्पर्धीहरू तपाईका शिक्षक हुन्।
    तपाईका असफलताहरू तपाईका प्रेरणास्रोत हुन्।
    र, तपाईको आत्मा नै तपाईको सर्वोच्च प्रतिस्पर्धी हो।
    अन्ततः:“तपाई अरू भन्दा होइन, हिजोकै तपाई भन्दा आज राम्रो हुनु – यही साँचो प्रतिस्पर्धा हो।”
    तपाई जो जहाँ हुनुहुन्छ – विद्यार्थी, पेशाकर्मी, उद्यमी, अथवा स्वतन्त्र अध्यता प्रतिस्पर्धा देखि नडराउनुहोस्, यसको प्रेरणाबाट जीवन बदल्नुहोस्। तपाईलाई प्रेरणा र प्रतिस्पर्धाको यात्रामा स्वागत छ । शुभकामना!