काठमाडौँ– असार महिनामा मात्रै १८९ अर्ब रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिक गरेको तथ्यांकअनुसार यसअवधिमा रेमिट्यान्स आप्रवाह ऐतिहासिक रूपमा बढेको हो।
यो सँगै आर्थिक वर्ष २०८१–८२ मा कुल रेमिट्यान्स आप्रवाह १७ खर्ब २३ अर्ब २७ करोड पुगेको छ। यो आकार अघिल्लो वर्षको भन्दा १९.२ प्रतिशत बढी हो।