यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ) - Chaitanya News
  • 2026-05-30
  • 14:37:47
  • शनिबार,जेठ १६, २०८३
  • यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    यस्तो छ राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    काठमाडौँ– आर्थिक वर्ष २०८१–८२ को वार्षिक तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थितिसहितको प्रतिवेदन सार्वजनिक भएको छ।

    नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१–८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ। अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो।

    यस्तै वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ। अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो। शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडलेबचतमा रहेको छ।

    यस्तै आयात १३।३ प्रतिशतले र निर्यात ८१।८ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ।

    यसैगरी कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु.५४ खर्ब ९८ अर्ब पुगेको तथ्यांकमा उल्लेख छ।