साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालआज बंगलादेशसँग भिड्दै - Chaitanya News
  • 2026-09-27
  • 19:35:33
  • आइतबार,आश्विन ११, २०८३
  • साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालआज बंगलादेशसँग भिड्दै

    साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपालआज बंगलादेशसँग भिड्दै

    काठमाडौँ– आज (आइतबार) साफ यु–१७ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग भिड्ने भएको छ।

    खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार बेलुका पौने ६ बजे शुरु हुनेछ। यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भूटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग पराजित भएको थियो।

    प्रतियोगितामा नेपाल, भूटान, भारत र बंगलादेश सहभागी छन्। डबल राउन्ड रोबिन लिगका आधारमा चलिरहेको प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ।