यसतो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 19:36:33
  • शनिबार,बैशाख १९, २०८३
  • काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

    यस्तै, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मधेसलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुरी बतासको पनि सम्भावना छ।

    यसैगरी, आज राति मधेस, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थान र बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।