वुवाको मुख हेर्ने दिनको शुभकामना - Chaitanya News
  • 2026-05-24
  • 22:56:51
  • आइतबार,जेठ १०, २०८३
  • वुवाको मुख हेर्ने दिनको शुभकामना

    वुवाको मुख हेर्ने दिनको शुभकामना

    🌼 पिता – जीवनका दीपशिखा 🌼

    सन्दर्भः वुवाको मुख हेर्ने दिनको शुभकामना

    मेरो सृष्टिकर्ता, जन्मदाता,
    भाग्य विधाता, आदर्श र गौरव :
    मेरो वुवा,
    जसका चरणमा मेरो सदा श्रद्धा।

    जब म तोते बोली बोल्न थालें,
    उहाँले आफ्ना रहरहरू त्यागेर
    मेरो उज्यालो भविष्य बुनिरहनु भयो।
    पसिनामा लुकेको थियो व्यथा,
    तर मुहारमा थियो सदा मुस्कान।

    उहाँका थकित पाइलामा पनि
    थियो न थाक्ने कर्मयोगीको जाँगर।
    संस्कार सिकाउनुभयो,
    अक्षरको मिलन होईन, किताबको पाना होइन,
    जीवनको हरेक मोडमा जीवन्त शिक्षा ।

    हजुरको उपस्थितिले, अनुभुतिले
    सधैं प्रेरणा दियो,
    सगर जति उचो, सागर चति गह्रो माया,
    मुटु धड्कनमा अद्वितिय, अन्नत आत्मियता।

    पिता – तपाईं केवल अभिभावक होइन,
    तपाईं मेरो अस्तित्वको आधार हुनुहुन्छ।
    जीवनका हरेक मोडमा संजीवनी समान,
    मेरो श्रद्धा, मेरो आस्था, मेरो विश्वासको धरोहर।

    आज वुवाको मुख हेर्ने दिन।
    आज, मेरो जीवनको साक्षात भगवान
    महान पिता, वुवा हुनुहुन्छ भन्न पाउनु
    मेरो लागि संसारकै सबैभन्दा ठूलो आशीर्वाद हो।
    हजुर प्रति कोटि-कोटि नमन छ।
    हजुरको प्रेम, तपस्या र त्याग सदा स्मृतिमा रहनेछ।
    हजुरको सुस्वास्थ्य एवम् दीर्घायुको कामना🙏
    ***
    सम्पूर्णमा कुशे औंशी तथा
    वुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना🙏