भूमि विधेयक बहुमतले पारित, नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी - Chaitanya News
  • 2026-11-11
  • 09:10:28
  • बुधबार,कार्तिक २६, २०८३
  • भूमि विधेयक बहुमतले पारित, नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी

    भूमि विधेयक बहुमतले पारित, नोट अफ डिसेन्ट लेख्ने विपक्षीको तयारी

    काठमाडौँ– संसदीय समितिबाट भूमि विधेयक बहुमतले पारित भएको छ।

    आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो।

    बैठकमा प्रस्तावित प्रतिवेदनमा एमाले र कांग्रेसका सांसदले समर्थन गरेका थिए। सो आधारमा विधेयक बहुमतले पारित भएको हो।

    तर, पारित भएको विधेयकमा विपक्षीले भने नोट अफ डिसेन्ट लेख्ने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले सत्तापक्षले पास गरेको विधेयकमा आफूहरू सहमत नभएकोले नोट अफ डिसेन्ट लेख्न लागेको बताए।

    ‘कांग्रेस एमाले मिलेर विधेयक पास गरे, हामी सहमत छैनौँ, प्रतिवेदनमा नोट अफ डिसेन्ट लेख्नेबारे छलफल गरिरहेका छौँ’, उनले भने।