दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान दिँदै - Chaitanya News
  • 2026-05-30
  • 14:51:41
  • शनिबार,जेठ १६, २०८३
  • दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान दिँदै

    दक्षिण कोरिया सरकारले गण्डकी प्राविधिक प्रतिष्ठानलाई एक अर्ब २५ करोड अनुदान दिँदै

    काठमाडौँ– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिकa शिक्षालयको पूर्वाधार विकासका निम्ति रु.एक अर्ब २५ करोड अनुदान सहयोग गर्ने भएको छ।

    गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानअन्तर्गतको उक्त शिक्षालयलाई प्रदान गरिने अनुदान सहयोगसम्बन्धी समझदारी पत्रमा आज हस्ताक्षर हुने कार्यक्रम रहेको अर्थ मन्त्रालय, वैदेशिक सहायता समन्वय महाशाखाले जनाएको छ।