गृहमन्त्री लेखकले भने: ‘जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाएका छौँ’ - Chaitanya News
  • 2026-11-11
  • 18:38:55
  • बुधबार,कार्तिक २६, २०८३
  • गृहमन्त्री लेखकले भने: ‘जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाएका छौँ’

    गृहमन्त्री लेखकले भने: ‘जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाएका छौँ’

    काठमाडौँ – गृहमन्त्री रमेश लेखकले जोखिम घटाउन स्थानीय निकायको अगुवाई हुने गरी कार्य अघि बढाइएको बताएका छन्।

    विश्व मानवता दिवस–२०२५ का अवसरमा काठमाडौँमा आज (मंगलबार) देखि सुरु भएको ‘नेपाल मानवीयता सम्मेलन’को उद्घाटन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । यस्तै, उनले नेपाल भौगोलिक अवस्थाकै कारण विपद्को उच्च जोखिममा रहेको जानकारी दिँदै त्यसको व्यवस्थापनमा सरकारले उच्च प्राथमिकता दिएको बताए। कानुन र नीति निर्माण गरेर साझेदारीमा आपत्कालीन अवस्थाको तयारीमा सरकार रहेको उनको भनाइ थियो।

    गृहमन्त्री लेखकले भने, “स्थानीय नेतृत्वलाई सक्षम बनाउने र समान साझेदारीलाई सुदृढ गराउनु अहिलेको आवश्यकता हो, मानवतावादी प्रणालीलाई सक्षम बनाउँदै क्षेत्रीय एकतालाई सुदृढ बनाउनुपर्छ।”

    विपद् व्यवस्थापनमा दिगो वित्तीय क्षमता विकास गर्न जरुरी रहेको उल्लेख गर्दै उनले क्षेत्रीय र अन्तर्राष्ट्रिय अभ्यासलाई उपयोग गर्न जरुरी रहेको बताए। विपद्का घटनामा बढोत्तरी भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै गृहमन्त्री लेखकले श्रोत साधनको अभाव रहेको सन्दर्भमा विश्वमै विपद् व्यवस्थापनका लागि रूपान्तरण जरुरी रहेको बताए। आपत्कालीन तयारीमा तीनै तहको लगानी बढ्दै गएको जानकारी गराउँदै गृहमन्त्री लेखकले सबै किसिमका विपदबाट घरबारविहीन नागरिकको अस्थायी र स्थायी आवासका लागि रु। पाँच लाख ५० हजारसम्म क्षतिपूर्ति दिने व्यवस्था गरिएको बताए।