काठमाडौँ– आज कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । आज सबै प्रदेशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ।
हिजो बेलुकी र गएराति पनि देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मनसुन केही कमजोर रहे पनि बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।