विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश - Chaitanya News
  • 2026-07-17
  • 08:06:13
  • शुक्रबार,साउन ०१, २०८३
  • विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश

    विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश

    काठमाडौँ– विद्यालय शिक्षा विधेयकको प्रतिवेदन संसदीय समितिमा पेश भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सचिव दशरथ धमालाले सोमबारको बैठकमा पेश गरेका हुन्।

    समितिका सचिवले पेश गरेको प्रतिवेदन समितिका सदस्यलाई पनि वितरण गरिएको छ। यस अघि १६३ दफा रहेकोमा अब १७४ वटा दफा भएका छन्।

    यस अघिको विधेयकमा १४ वटा दफा थपिएका, ३ वटा दफा हटाइएका छन् भने ९८ वटा दफा केही न केही हिसाबले संशोधन भएका छन्।

    प्रतिवेदन अध्ययन गरेर समितिका सदस्यले आगामी बैठकमा छलफल गरेर विधेयकको प्रतिवेदन पारित गर्ने तयारी छ।