आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ? - Chaitanya News
  • 2026-06-25
  • 19:11:43
  • बिहिबार,आषाढ ११, २०८३
  • आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

    आज एकै दिन तीन संसदीय समितिको बैठक बस्दै, के छन् एजेन्डा ?

    काठमाडौँ– आज (सोमबार) संघीय संसद्अन्तर्गत तीन संसदीय समितिको बैठक बस्ने तय भएको छ।

    जसअनुसार, आज बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि दफावार छलफल हुने कार्यक्रम रहेको छ।

    यस्तै, ११ बजे बस्ने तय भएको विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी सैद्धान्तिक छलफल हुने संसद् सचिवालयले जनाएको छ।

    यसैगरी, दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।