आज यी प्रदेशमा वर्षाको सम्भावना - Chaitanya News
  • 2026-05-02
  • 22:41:05
  • शनिबार,बैशाख १९, २०८३
  • आज यी प्रदेशमा वर्षाको सम्भावना

    आज यी प्रदेशमा वर्षाको सम्भावना

    काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तथापि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम रही रहेको छ।

    यस्तै महाशाखाका अनुसार, आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश,बागमती प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भाग लगायत देशको बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइ र बाग्मती प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    आज राती कोशी प्रदेश र मधेश प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। मधेश प्रदेश, कोशी प्रदेशको पहाडी तथा तराई भू–भाग लगायत बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू–भाग तथा बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–बागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।