अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता - Chaitanya News
  • 2026-05-30
  • 15:29:39
  • शनिबार,जेठ १६, २०८३
  • अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

    अर्थमन्त्री पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता

    काठमाडौँ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ।

    आज (शुक्रबार) अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक शोभाकान्त पौडेलबीच छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता भएको हो।