व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव - Chaitanya News
  • 2026-05-30
  • 15:29:01
  • शनिबार,जेठ १६, २०८३
  • व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव

    व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव

    काठमाडौं– व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ।

    राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न र व्यापारिक पानीजहाज दर्ता गर्न छुट्टाछुट्टै सर्त पालना गर्नुपर्ने व्यवस्था प्रस्तावित छ।

    प्रस्तावित विधेयकको दफा ७ मा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न पूरा गर्नुपर्ने सर्त १२ वटा रहने व्यवस्था प्रस्तावित छ।

    विधेयकको दफा ८ मा व्यापारिक पानीजहाज चलाउनेलाई भने १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ।

    (क) पानीजहाजको प्रयोजन खुलाइएको हुनु पर्ने,

    (ख) पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको फर्म वा कम्पनी हुनु पर्ने, तर पानीजहाजको धनी विदेशी नागरिक भए तापनि त्यस्तो पानीजहाज भाडामा लिई सञ्चालनका लागि दर्ता गर्न यस खण्डले बाधा पुन्याएको मानिने छैन।

    (ग) नेपालमै बनेको पानीजहाज भए निर्माण सम्पन्नताको प्रमाणपत्र र विदेशमा वनेको भएमा खरिद गरिएको प्रमाण खुल्ने कागजात र उत्पादनको तादात्म्यता कन्फर्मिटी अफ प्रोडक्सन। सम्बन्धी कागजात संलग्न हुनु पर्ने,

    (घ) नेपाल पक्ष राष्ट्र भएका पानीजहाज सेवा सञ्चालन सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, सम्झौताका प्रावधान पूरा गरेको हुनु पर्ने,

    (ङ) दफा १६ को उपदफा ९५० बमोजिम क्लासिफिकेसन सोसाइटीले प्रदान गरेको प्राविधिक सर्भे सम्वन्धी प्रमाणपत्र वा दफा १९ बमोजिमको सर्भे प्रमाणपत्र संलग्न हुनु पर्ने,

    (च) सामुद्रिक जीवनको सुरक्षा सम्बन्धी महासन्धी बमोजिमको सुरआ मापदण्ड पूरा गरेको हुनु पर्ने र दफा ५० बमोजिमको सुरक्षा प्रमाणपत्र संलग्न हुनु पर्ने,

    (छ) पानीजहाजमा काम गर्ने नाविक तथा कर्मचारीको बिवरण र त्यस्तो कर्मचारीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम तालिम लिएको प्रमाणपत्र संलग्न हुनु पर्ने,

    (ज) दफा ५६ बमोजिमको प्रदूषणमुक्त प्रमाणपत्र संलग्न हुनु पर्ने,

    (झ) पानीजहाजको धनी सम्बन्धमा विवाद भएमा त्यस्तो विवाद टुङ्गिएको प्रमाण संलग्न हुनु पर्ने,

    (अ) एकपटक प्रयोग भइसकेको पानीजहाजको हकमा दर्ता रद्द भएको निस्सा संलग्न गर्नु पर्ने,

    (ट) अन्तर्राष्ट्रिय सामुद्रिक सञ्चार प्रणाली (जिएमडिएसएस) जस्ता सञ्चार उपकरण जडान गरेको हुनु पर्ने र दफा ३७ बमोजिमको प्रमाणपत्र संलग्न हुनु पर्ने,

    (ठ) दफा १५ बमोजिम पानीजहाजको वीमा गरिएको हुनु पर्ने,

    (ड) वातावरणीय संरक्षण सम्वन्धी प्रचलित कानून बमोजिमका मापदण्ड पूरा गरेको हुनु पर्ने, र

    (ढ) दर्ता शुल्क, सर्भे शुल्क, प्रमाणीकरण शुल्क र प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर तिरेको हुनु पर्ने।