देशमा मनसुन क्रमशः कमजोर हुँदै - Chaitanya News
  • 2026-05-02
  • 22:41:53
  • शनिबार,बैशाख १९, २०८३
  • देशमा मनसुन क्रमशः कमजोर हुँदै

    देशमा मनसुन क्रमशः कमजोर हुँदै

    काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । देशमा मनसुन क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको ।

    यस्तै महाशाखाका अनुसार, आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधरणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थान र तराईका एकरदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

    त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा साधरणतया बदली र अन्य भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

    वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध पनि गरेको छ।