राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची - Chaitanya News
  • 2026-06-25
  • 19:11:43
  • बिहिबार,आषाढ ११, २०८३
  • राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

    काठमाडौँ– आज (शुक्रबार) बिहान ११ः४५ बजे राष्ट्रिय सभाको बैठक बस्ने तय भएको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०–८१ को छैटौँ वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको छ।

    यस्तै, राष्ट्रियसभाका सचिव डा।सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचक मण्डलहरूसँगको समन्वय बैठकको एकीकृत प्रतिवेदन’ सभासमक्ष टेबुल गर्ने कार्यक्रम छ ।