आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची - Chaitanya News
  • 2026-05-10
  • 12:19:23
  • आइतबार,बैशाख २७, २०८३
  • आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    आज एकै दिन चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ– आज (बिहीबार) सङ्घीय संसद्अन्तर्गत चार वटा संसदीय समितिको बैठकबस्ने तय भएको छ।

    जसअनुसार, आज बिहान साढे ८ बजे सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सौर्य एयरलाइन्स वायुयान दुर्घटना जाँचबुझको अन्तिम प्रतिवेदनमाथि छलफल भइरहेको छ।

    अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने छ ।

    विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ। बैठक बिहान साढे ११ बजे बस्ने तय भएको छ ।

    यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा रक्षा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयास र समितिसँगको अपेक्षामा छलफल हुने छ । बैठक बिहान ११ बजे बस्दैछ ।