सन् २०२८ भित्र १० अर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल भित्रीन्छ : वनमन्त्री - Chaitanya News
  • 2026-05-30
  • 15:43:47
  • शनिबार,जेठ १६, २०८३
  • सन् २०२८ भित्र १० अर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल भित्रीन्छ : वनमन्त्री

    सन् २०२८ भित्र १० अर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल भित्रीन्छ : वनमन्त्री

    काठमाडौँ– वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले सन् २०२८ सम्म १० अर्ब रुपैयाँ भन्दा बढी रकम नेपाल भित्र्याउने बताएका छन्।

    आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कार्बन सञ्चितिमा वृद्धि भएको भन्दै विश्व बैंकबाट १० मिलियन डलर निश्चित भइसकेको बताएका हुन्।

    सांसद माधव सापकोटाको प्रश्नमा जवाफ दिँदै मन्त्री शाहीले पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वन क्षेत्र ४५.३१ प्रतिशत रहेको सुनाए।

    कार्बन सञ्चितिबाट प्राप्त हुने लाभ वन संरक्षणमा संलग्न ८० प्रतिशत स्थानीयले पाउने समेत उन।ले बताए।