२७८५ अंकमा झर्‍यो सेयर बजार - Chaitanya News
  • 2026-05-30
  • 15:43:48
  • शनिबार,जेठ १६, २०८३
  • २७८५ अंकमा झर्‍यो सेयर बजार

    २७८५ अंकमा झर्‍यो सेयर बजार

    काठमाडौं– सेयर बजार १०.५० अंक घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २७८५ अंकमा कायम भएको छ। कारोबारका क्रममा दिउँसो १ बजे नेप्से २८१३ अंकसम्म पुगेको थियो । त्यसपछिको ओरालो यात्रा करिब अन्तिम समयसम्म नै कायम रह्यो।

    कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ६ अर्ब ९१ करोडको कारोबार भएकोमा आज ६ अर्ब १६ करोडको भयो। ८९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने एउटाको स्थिर रह्यो।

    आज व्यापारबाहेक अरु समूहका सूचकको उतारचढाव १ प्रतिशत मुनि नै सीमित रह्यो। व्यापार सबैभन्दा धेरै १।५० प्रतिशत घट्यो। बैंकिङ ०.६९, होटल तथा पर्यटन ०.५४, हाइड्रोपावर ०।३०, लगानी ०.०२, जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.१०, माइक्रोफाइनान्स ०.२२ तथा निर्जीवन बीमा ०.२७ प्रतिशत घटे।

    विकास बैंक समूह ०.३५, फाइनान्स ०.०४ र अन्य ०.०३ प्रतिशत बढे

    मायाखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.७४ प्रतिशत बढ्यो। त्यस्तै नेपाल रिपब्लिक मिडियाको ३.६६, सप्तकोशी विकास बैंकको ३.३३, समाज लघुवित्तको ३.३१ प्रतिशत मूल्य बढ्यो।

    सिक्लेस हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.२२ प्रतिशत घट्यो। बलेफी हाइड्रोपावरको ३.४५ तथा उपकार लघुवित्तको २.८२ प्रतिशत घट्यो।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा बलेफी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बीमा कम्पनी छन्।