उच्च अदालतका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ - Chaitanya News
  • 2026-11-13
  • 19:01:09
  • शुक्रबार,कार्तिक २८, २०८३
  • उच्च अदालतका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

    उच्च अदालतका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

    काठमाडौँ– उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ लिएका छन्।

    आज (बुधबार) प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए।

    न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए। अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन्।