कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन - Chaitanya News
  • 2026-11-13
  • 21:39:22
  • शुक्रबार,कार्तिक २८, २०८३
  • कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    कृषि मल व्यवस्थापनबारे तीन दिनभित्र ठोस योजना ल्याउन प्रधानमन्त्री ओलीको तीन बुँदे निर्देशन

    काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिनभित्र कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे ठोस योजना ल्याउन तीन बुँदे निर्देशन दिएका छन्।

    आज (मंगलबार) सिंहदरवारमा कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलपछि तीन बुँदे निर्देशन दिएका हुन्।

    उनले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिए।

    साथै कम्पोष्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए।

    यस्तै माटोको उर्वरा बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउनसमेत प्रधानमन्त्री ओलीले निर्देशन दिए।