थप २०० मेगावाट बिजुली निर्यातका लागि भारत सरकारको सहमति - Chaitanya News
  • 2026-07-17
  • 11:52:15
  • शुक्रबार,साउन ०१, २०८३
  • थप २०० मेगावाट बिजुली निर्यातका लागि भारत सरकारको सहमति

    थप २०० मेगावाट बिजुली निर्यातका लागि भारत सरकारको सहमति

    काठमाडौं– भारत सरकारले नेपालबाट थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ। पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले अनुमति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

    यसअघि नेपालबाट ८१०.९ मेगावाट विद्युत आयातका लागि भारतले अनुमति दिएको थियो। अब नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यातको बाटो खुलेको छ।

    गलादेशमा समेत नेपालले ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ। यस हिसाबले नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ।

    अहिले स्वीकृति प्राप्त २ सय मेगावाट विद्युत निर्यातको अनुमति ३१ अक्टोबरसम्म कायम रहने प्राधिकरणले जानकारी दिएको छ।

    लिखु–२, लिखु खोला ए , लोअर सोलु, ठुलो खोला , सुपर काबेली खोला ए र सुपर काबेली खोलाबाट उत्पादित बिजुली यसअन्तर्गत निर्यात हुनेछ।

    गत आर्थिक वर्ष ०८१–८२ मा नेपालले भारत विद्युत निर्यात गरेर १७ अर्व ४७ करोड रुपैयाँ आम्दानी गरेको थियो।

    भारत सरकारबाट थप निर्यात अनुमति प्राप्त भएको र यो आगामी दिनमा बढ्दै जाने अपेक्षा रहेकाले यस आर्थिक वर्षमा विद्युत निर्यात दोब्बर हुने अनुमान गरिएको प्राधिकरणले जनाएको छ।