वरिष्ठ स्रष्टा गोपी मैनालीको निजात्मक निबन्ध ‘अक्षरको मन’ लोकार्पित - Chaitanya News
  • 2026-05-25
  • 04:38:48
  • आइतबार,जेठ १०, २०८३
  • वरिष्ठ स्रष्टा गोपी मैनालीको निजात्मक निबन्ध ‘अक्षरको मन’ लोकार्पित

    वरिष्ठ स्रष्टा गोपी मैनालीको निजात्मक निबन्ध ‘अक्षरको मन’ लोकार्पित

    काठमाडौं– वरिष्ठ स्रष्टा गोपी मैनालीको निजात्मक निबन्ध ‘अक्षरको मन’ लोकार्पित गरिएको छ । हिजो (सोमबार) अनाम नगरमा मुक्तिनाथ साहित्य समाज नेपाल काठमार्डौद्वारा आयोजित कार्यक्रममा वरिष्ठ स्रष्टा मैनालीको ‘अक्षरको मन’ निबन्धसङ््रग्रह लोकार्पण गरिएको हो ।

    समाजका अध्यक्ष वरिष्ठ कवि कलानिधि दाहालले सभापतित्व गरेको कार्यक्रममा कृतिको लोकार्पण प्राज्ञ दिनेशराज पन्तले गरेका थिए ।

    पानसमा दीप प्रज्ज्वलन एवम् राष्ट्रगानबाट शुरु गरेर कार्यक्रममा समीक्षकद्वय डा. हरि लम्साल र डा.परसुराम पौडेलले समालोचनात्मक टिप्पणी राखेका थिए ।

    डा. लम्सालले सङ्ग्रहमा समेटिएका २२ निबन्धको शैली, संरचना, विवषय परिवेश, सन्दर्भ र अन्य निबन्धकारसंग तुलना गरेर मैनालीको निबन्धीय विशेषताको उल्लेख गरी रौचिरा विश्लेषण गदै सबै निबन्ध पोइटिक प्रोज भएको उल्लेख गरेका थिए ।

    उनका शब्दमा मैनालीका निबन्ध सबै कविताका भावभाका र शेैलीमा छन् । डा. लम्सालले विषयको व्यापकता र विचारको गहनतासाथ भावनाको स्वच्छन्द उडानमा निबन्ध लेख्ने मैनाली लक्ष्मीप्रसाद देवाकोटा र शंकर लामिछानेपछि विशिष्ट स्थान राख्न सफल विशिष्ट प्रतिभा भताए ।

    अर्का समालोचक डा. परशुराम पोडेलले रुपविन्यास र कला शिल्पका आधारमा निबन्धहरुको विश्लेषण गर्दै निबन्धहरु कला विन्यास, शिल्प र कला विधान निकै उत्कृष्ठ रहेको र विचार, दर्शन र कलाको संयोजन उच्चस्तरको रहेको उल्लेख गरे।

    शुभकामना मन्तव्य दिदै वरिष्ठ सामलोचक प्रा डा. खगेन्द्रप्रसाद लुइटेलले मैनालीको निबन्धको यो पाँचौ कृति विगतका भन्दा निकै खारिएको, निबन्धमा कल्पना, अनुभूति, विज्ञान र मानवीय संवेगको भावात्मक प्रस्तुति रहेको बताएका थिए । वरिष्ठ कवि महेश प्रसाईले मैनालीका निबन्ध कवितामय प्रस्तुति, बैश्विक परिवेश र गहिरो बौद्धिकतामा रहेकाले ती निकै विसशष्ट छन् र उनको वेगल पहिचान र बैशिष्ठ्यका कारण अव निबन्धमा मैनाली एरा आएको बताए । बरिष्ठ समालोचक ठाकुर शर्मा भण्ढारीले मैनालीका निबन्धलेखन शैली कलात्मक, बैचारिक रुपमा गहन र भावनाको उन्मुक्त उडान रहेको उल्लेख गरे । शर्माका शब्दमा मैनालीका निबन्ध उनको व्यक्तित्व जस्तै सरल, गहन र उच्चस्तरका रहेको उल्लेख गरेका थिए ।

    समस्त साहित्यिक संस्थाका तर्फबाट साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेखालीले मैनालीको विशिष्ठ साधनाले कथा, निबन्ध, समालोचना र नियात्रामा मौलिक पहिचान भएको बताए। बरिष्ठ समालोचक युवाराज मैनालीले निबन्धकार मैनालीको २०३८ देखिको निबन्धीय यात्राको सिलसिला उल्लेख गर्दै मैनालीका निबन्ध गहन विचार, वेजोड प्रवाहशीलता, आत्मिक चेतना, युगवोध र तकसंगतिमा रहेकाले उनीबाट नेपाली निबन्धले धेरै कुरा प्राप्त हुने उल्लेख गरे ।

    अभिनव साहित्य समाजका अध्यक्ष वेदमणि घिमिरेले सुशासन, समालोचना, कथा र निबन्धमा समान वैशिष्ट्य रहेको टिप्पणी गरे । प्रमुख अतिथि प्रा. दिनेशराज पन्तले मैनाली प्रशासन र साहित्य सिर्जनामा समान रुपमा उत्तिकै शीर्ष स्थानमा रहेको उल्लेख गरे । प्रशासनमा सुशासन, निबन्धमा स्वच्छन्ताको उडान, कथामा सामाजिक यथार्थता र समालोचनामा गहन मूल्य विवेचना गर्ने मैनाली जस्ता प्रतिभा नभको बताए ।

    लेखकीय मन्त्रव्य दिदै निबन्धकार मैनालीले आफूले निबन्ध लेखेको सन्दर्भ, रचना गर्भमाथि प्रकाश पारेका थिए। अन्तराष्टिय नोपली सराहित्य समाजका राष्ट्रिय उपाध्यक्ष निर्मल पराजुलली सञ्चालन गरेको कार्यक्रममा स्वागत भाषण डा. अर्जुनदेव भट्टले गरेका थिए । यस्तै धन्यवाद ज्ञापन समाजका संरक्षक हरिभक्त सिग्देल महेले गरेका थिए ।

    कार्यक्रममा स्रष्टाहरु रामप्रसाद पन्त, विमल भौकाजी, रमेश खनाल, विजय थापा, डा. लवदेव अवस्थी, डा. दामोदर रेग्मी, अनेसासका राष्ट्रिय अध्यक्ष राजेन्द्र केसी, इदिरा ढकाल, कल्पना दाहाल, महेन्द्र चालिसे, बाजुराम पौडेल, आलोक चालिसे, बसन्त रिजाल, तेजेन्द्र प्रसाइ, गोपीकृष्ण प्रसाई, महेश रिजाल, अच्युतराज उप्रेती, डा. राम मैनाली, नारयाण मैनाली, सिंहबहादुर श्रेष्ठ लगायत कवि, बटु श्रेष्ट, भीमफेदीया, समालोचक, पत्रकार, प्रशासक र विचारकहरुको भव्य उपस्थिति थियो।