काठमाडौँ– आज (सोमबार) एकै दिन संघीय संसद्का विभिन्न चार समितिको बैठक बस्दैछन्। ।
जसअनुसार, अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।
कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची तय भएको छ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ।
त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूचीमा समावेस भएको छ।