यस्तो रहनेछ आज देशभरको मौसम - Chaitanya News
  • 2026-05-02
  • 23:01:06
  • शनिबार,बैशाख १९, २०८३
  • यस्तो रहनेछ आज देशभरको मौसम

    यस्तो रहनेछ आज देशभरको मौसम

    काठमाडौँ– मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागका केही र मधेस प्रदेशलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र गण्डकी प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    त्यसैगरी, आज राति देशभर साधरणतया बदली रहनेछ। मधेसलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।